सुर्खेतमा जुवा खेलेको आरोपमा ६ जना पक्राउ परेका छन्।
शनिबार दिउँसो ३ बजे सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० बुदबुदेस्थित ललित केसीको घरबाट ६ जनालाई पक्राउ गरेको हो।
नगद राखेर हारजीत हुने गरी जुवातास खेलाइरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले शिशिर केसी, डिकेन्द्र थापा, करण गुरूङ, परशुराम सोती, ललित रेश्मी मगर र निर्मल न्यौपानेलाई पक्राउ गरेको हो।
उनीहरुको साथबाट १ लाख ४७ हजार ७९० रूपैयाँ नगद र १२ गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।