काठमाडौंको रानी भीरमा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
आइतबार बिहान १० बजे दक्षिणकाली नगरपालिका-८ रानीभीरसथित सडकबाट भीरमा कार खसेको हो।
दुर्घटनामा परी चालकको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले जानकारी दिए।
बिएडी ५२८१ नम्बरको कार सडकबाट ७०० मिटर तल खसेको हो। मृतक काठमाडौं-७ बस्ने ३४ वर्षीय सुरज खड्का छन्।
गाडीबाट शव केहीबेर अघिमात्रै निकालिएको एसपी सुवेदीले बताए।
दुर्घटनास्थलमा प्रहरी र सशस्त्र प्रहरी बलको टोली खटिएको छ।