कपन क्षेत्रअन्तर्गत पर्ने धोबीखोला करिडोरमा अवैध संरचना हटाउन डोजर चलाएपछि सो क्षेत्रको सरकारी जग्गा अहिले भग्नावशेषमा परिणत भएको छ।
स्थानीय तह र सम्बन्धित निकायको संयुक्त पहलमा नदी किनार अतिक्रमण गरी बनाइएका घरटहरा, टहरा तथा अन्य संरचनाहरू हटाइएको हो।
डोजर चलेसँगै सो क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका केही स्थानीय विस्थापित भएका छन् भने संरचना भत्किँदा वरपरका क्षेत्रमा धुलो र फोहोर बढेको देखिएको छ।
हटाइएका संरचनाबाट निस्किएको भग्नावशेष अझै पूर्ण रूपमा व्यवस्थापन हुन नसक्दा वातावरणीय तथा आवागमनमा समेत समस्या देखिएको स्थानीयको गुनासो छ।
सम्बन्धित निकायले भने नदी करिडोर खाली गराएर दीर्घकालीन रूपमा व्यवस्थित सडक तथा हरित क्षेत्र विकास गर्ने योजना रहेको जनाएको छ।
धोबीखोला करिडोर क्षेत्रमा पछिल्लो समय अतिक्रमण बढ्दै जाँदा नदी प्रवाह अवरूद्ध हुने, बाढीको जोखिम बढ्ने तथा वातावरणीय असर पर्दै आएको थियो।
तस्बिरहरू:
-1777974410.jpg)
-1777974410.jpg)
-1777974410.jpg)
-1777974409.jpg)
-1777974408.jpg)
-1777974408.jpg)
-1777974409.jpg)