दाङको घोराहीमा बिहीबार दिउँसो पोखरीमा नुहाउन पसेका युवा अझै फेला परेका छैनन्।
घोराही उपमहानगरपालिका–१० अर्घुस्थित सिँचाइका लागि निर्मित ड्याममा नुहाउन गएका घोराही–१२ बेलघारका २३ वर्षीय अनुप चौधरी बेपत्ता छन् ।
अनुप अघिल्लो दिन मात्रै मामाको घरमा गएका थिए।
सुरक्षाकर्मीसहित स्थानीयले बेपत्ता अनुपको खोजी जारी राखेका छन्।