पूर्वप्रेमिकाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
चरित्र हत्या गरेको आरोपमा साइबर ब्युरोले रूपन्देही घर भई काठमाडौंको बत्तिसपुतली बस्दै आएका २० वर्षीय पवन निसादलाई पक्राउ गरेको एसपी दिलिपकुमार गिरीले जानकारी दिए।
उनले सम्बन्धमा रहँदा खिचेका अश्लिल भिडिओ/तस्बिरको दुरूपयोग गरी ब्ल्याकमेल गरेको आरोप छ।
अनुचित लाभका लागि बारम्बार दबाब दिएर निसादले परिवारको ह्वाट्सएपमा फोटो/भिडिओ पठाएर चरित्र हत्या गरेको आरोप छ।
उनीमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान अघि बढाएको छ। उनलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।