दाङमा धान रोप्ने क्रममा चट्याङ लागेर घाइते एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बङ्गालाचुली गाउँपालिका–२ मर्फेस निवासी २६ वर्षीया दिपा थापा रहेकी जिप्रका दाङका एसपी दीपक श्रेष्ठले जानकारी दिए।
साँझ करिब ५:४५ बजे खेतमा धान रोपिरहेका बेला चट्याङ पर्दा उनी घाइते भएकी थिइन्।
प्रहरीका अनुसार उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो।