डोल्पाको जगदुल्ला गाउँपालिका–५, गैरीगाउँमा गएराति परेको अविरल वर्षापछि आएको हिलोसहितको बाढीमा परी एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
बिहान करिब ३ बजे बजे धुलाखोला तथा आसपासका खोल्सामा आएको लेदोसहितको बाढी गाउँमा पस्दा स्थानीय ५६ वर्षीया आनन्दी विकको घटनास्थलमै मृत्यु भएको हो।
उनी सुतिरहेको अवस्थामा घरभित्रै बाढी पसेको थियो। उपचारका लागि स्वास्थ्य चौकी झ्याँकोट लैजाने क्रममा आनन्दीको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी अनिलराज गिरीले जानकारी दिए।
बाढीमा परी ६० वर्षीया जस विक, ४४ वर्षीया रेउली विक, १५ वर्षीया निरुता विक र १३ वर्षीया सिता विक घाइते भएका छन्।
घाइतेमध्ये रेउली विक गम्भीर छिन्। अन्य सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन्।
प्रारम्भिक विवरणअनुसार बाढीबाट एक घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने आठ घरमा आंशिक क्षति पुगेको छ ।
अहिले बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्थानीयहरू उद्धार र राहतमा जुटेका छन्।
तस्बिरहरूः













तस्बिरहरू : भाष्कर बस्नेत/ नेपाल फोटो लाइब्रेरी