शिक्षा तथा खेलकुद मन्त्रालयले सय दिनमा गरेको कामहरुको सूची सार्वजनिक गरेको छ।
सरकारको सय दिनको उपलब्धिसँगै मन्त्रालयले आफ्नो मातहतबाट भएका उपलब्धिहरुको विवरण सार्वजनिक गरेको हो।
यसमा सरकार गठन भएपछिको पहिलो मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको १०० बुँदे कार्यसूचीबाहेकका काम पनि समावेश छ।
सय बुँदे कार्यसूची अन्तर्गतका भने १६ वटा काम भएको मन्त्रालयले जनाएको छ।
माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा परीक्षा सम्पन्न भएको एक महिनाभित्र, कक्षा १२ को ४० दिनभित्र र विश्वविद्यालयहरूमा ६५ दिनभित्र नतिजा प्रकाशन गर्ने अभ्यास प्रारम्भ गरिएको मन्त्रालयले जनाएको छ।
साथै शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप हटाउन पनि मन्त्रालयले प्रभावकारी भूमिका खेलेको सूचीमा उल्लेख छ।
'त्यसका लागि सबै विश्वविद्यालयहरुमा विद्यार्थी संगठनले प्रयोग गर्ने गरी भवन जमिन उपलब्ध नगराउने, भौतिक संकेत हटाइएको । काठमाण्डौं विश्वविद्यालयबाट 'स्टुडेन्ट काउन्सिल' सम्बन्धी कार्य सुचारू भैसकेको,' विवरणमा भनिएको छ।
यस्ता छन् मन्त्रालयलले गरेका कामहरूः