सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका आरोपी विष्णु पौडेललाई थप ३ दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ।
विशेष अदालत काठमाडौंले सोमबार आरोपी पौडेलमाथि अनुसन्धानका लागि पाँचौं पटक म्याद थपेको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान नसकिएको भन्दै म्याद थपका लागि अदालतमा पेस गरेको थियो।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र न्यायाधीश उमेश कोइरालाको इजलासले अनुसन्धान प्रयोजनका लागि ३ दिन म्याद थप गर्ने आदेश दिएको अदालतको प्रशासन शाखाले जनाएको छ।
विभागले उनीमाथि गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको र उक्त सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा अनुसन्धान गरिरहेको छ।