कञ्चनपुरमा कुटपिटबाट घाइते श्रीमतीको मृत्यु भएपछि श्रीमान् पक्राउ परेका छन्।
दोधाराचाँदनी नगरपालिका–१० की ४५ वर्षीया श्रीमती पारु सुनारको बिहीबार राति घरमै मृत्यु भएको थियो।
जिल्ला प्रवक्ता डिएसपी टेकबहादुर रावतका अनुसार प्रहरीलाई बिहीबार बिहान साढे ८ बजे मात्रै घटनाबारे जानकारी प्राप्त भएको थियो।
कुटपिट गरी हत्या गरेको आरोपमा उनका श्रीमान् ५० वर्षीय रनबहादुर सुनारलाई घरबाटै पक्राउ गरेको डिएसपी रावतले बताए।
असार ३० गते बेलुकी श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका थिए।
३१ गते उपचारका लागि नगर अस्पताल दोधारा चाँदनीमा उपचारमा लगिएको थियो।
थप उपचारका लागि अर्को अस्पतालमा लैजाने भनेर डिस्चार्ज मागेर बुधबार बेलुकीपख उनलाई घर लगिएको थियो।
घरमै उनको बुधबार राति मृत्यु भएको डिएसपी रावतले बताए।
श्रीमतीमाथि कुटपिट गरि हत्या गरेको अभियोगमा पक्राउ परेका श्रीमानबारे थप अनुसन्धान हुने प्रहरीले जनाएको छ।