कपडाको आकार दिएर लागुऔषध कोकिन तस्करी गरेको आरोपमा प्रहरीले दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरोको टोलीले एक जना कोलोम्बियन नागरिक र एक जना भारतीय नागरिकलाई पक्राउ गरेको डिएसपी जीवन निरौलाले जानकारी दिए।
उनका अनुसार असार ३१ गते कोलोम्बियाबाट दोहा हुँदै काठमाडौं आइपुगेको जहाजमा ६२ वर्षीया योनेथ गार्जन काइसेडो आएकी थिइन्।
उनी काठमाडौंको ठमेलमा फेला पारी हेर्दा सुटकेसभित्र कोकिन फेला परेको थियो।
चार किलो २५८ ग्रामको कोकिनमा सिलिकन मिसाएर कपडा जस्तो बनाइएको थियो।
डिएसपी निरौलाका अनुसार सिलिकन सँग मिश्रण गरी कपडाको आकार बनाएर ल्याउने ट्रेन्ड सुरू भएको हो।
त्यसलाई फल्सबटम बनाएर लुकाएर ल्याएको फेला पारेको हो।
त्यस्तै अनुसन्धानकै क्रममा भारत लग्नका लागि आएका भारत मणिपुरकी रेबेक्का पुल्ली पनि पक्राउ परेका छन्। उनलाई आइतबार पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।
उनीबाट प्रहरीले २०० अमेरिकन डलर पनि बरामद गरेको छ।