शिक्षकले विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
सुन्दरहरैचा नगरपालिका-१० खोर्सानेमा सुकुना माध्यामिक विद्यालयका विद्यार्थीमाथि शिक्षकहरूले दुर्व्यवहार गरेको आरोप छ।
विद्यार्थीहरूले प्रदर्शन गरेपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।
पक्राउ पर्नेमा ४० वर्षीय प्रदिप भट्टराई, ३० वर्षीय किशोरलाल गच्छादार र ३५ वर्षीय अविरल मास्के छन्। प्रदिप सवारी चालक हुन्।
प्रहरीले अन्य व्यक्तिको पनि संलग्न देखिए नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाउने बताएको छ।