वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई कारबाही गरेको छ।
स्थलगत अनुगनका क्रममा कैफियत देखिएपछि महालक्ष्मी नगरपालिका–२ इमाडोलमा रहेको इभ कलेक्सनलाई १० हजार रूपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।
यस्तै, काठमाडौं महानगरपालिका–३२ सुविधानगरमा रहेको स्टोर अमिसालाई पाँच हजार जरिवाना रूपैयाँ गरेको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार ती फर्मलाई कारबाही गरिएको हो।
विभागले सोमबार १० वटा फर्ममा अनुमगन गरेको थियो। त्यसमध्ये आठ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ। उपभोक्ता अधिकारकर्मीसहितको उपस्थितिमा विभागले नियमित अनुमगन गरेको उल्लेख गरेको छ।
व्यावसायिक फर्महरूको अनुमगन गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन एवं कारबाही गरिएको विभागले स्पष्ट पारेको छ।