सल्यान प्रहरीले बलात्कार मुद्दामा १८ वर्ष कैद र ६ लाख जरिवाना तोकिएका एक व्यक्तिलाई पक्राउ गरेको छ।
शारदा नगरपालिका– १ का २७ वर्षीय अजय बुढाथोकी शारदाको श्रीनगर बजारबाट पक्राउ परेका हुन्।
सर्वोच्च अदालतले गत जेठ १० गत बलात्कार मुद्दामा दोषी ठहर गर्दै बुढाथोकीलाई १८ वर्ष कैद र ६ लाख रुपैयाँ जरिवनाको फैसला सुनाएको थियो।
त्यसयता बुढाथोकी लुकिछिपी बस्दै आएका थिए।
पक्राउ पछि उनलाई अदालतमा पेस गरिएको र अदालतको आदेशले सल्यान जिल्ला कारागार कार्यालय चलान गरिएको प्रहरीले जनाएको छ।