काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया अघि बढेको छ।
उपकुलपतिका लागि नाम सिफारिस गर्न काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि २०६३ बमोजिम प्राप्त आवेदनहरूमध्ये ३५ जनाको दरखास्त स्वीकृत भएको हो।
सिफारिस समितिको साउन ४ को निर्णयानुसार ३५ जनाको दरखास्त स्वीकृत भएको हो। अब विभिन्न चरण गरी समितिले ३ जनाको नाम सिफारिस गर्ने र सोही सिफारिसका आधारमा कुलपतिसमेत रहेका प्रधानमन्त्रीले उपकुलपति नियुक्त गर्नेछन्।
क-कसको दरखास्त भयो स्वीकृत?
