काठमाडौंको कीर्तिपुरमा एउटा कार र त्यसभित्र एक जना पुरूष जलेको अवस्थामा भेटिएका छन्।
मंगलबार कीर्तिपुर नगरपालिका-१ ट्यांग्लाफाँटको सुम्लाङकोट चोकभित्रको खाली जग्गामा बा ५ च ३०३८ नम्बरको कार जलेको हो।
एक्कासि कार जलेको देखेपछि स्थानीयले पानी हालेर निभाउन प्रयास गरेका थिए। प्रहरीले पनि फायर एक्सटिंग्विशरको प्रयोग गरी आगो नियन्त्रणमा लिन प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
उनका अनुसार कारमा मानिस रहेको देखेपछि स्थानीय र प्रहरीले ढोका खोले पनि आगोको लप्का ठूलो भएकाले निकाल्न सकेनन्।
अहिले आगलागी नियन्त्रणमा आइसकेको उनले बताए। तर आगोले कार र मानिस पूर्ण रूपले जलेका छन्।
मृतक पुरूष चालक सिटमा थिए। कारमा कसरी आगो लागेको भन्ने खुलिसकेको छैन। मृतकको पहिचान खुलिसकेको छैन।
जिल्ला प्रहरी परिसर काठमाडौं, प्रहरी वृत्त कीर्तिपुरको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ। मृतकको शव पोष्टमर्टमको लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।
तस्बिरहरू:
-1784618551.jpg)
-1784618550.jpg)
-1784618547.jpg)
-1784618550.jpg)
-1784618548.jpg)
-1784618543.jpg)
-1784618545.jpg)
-1784618546.jpg)
-1784618547.jpg)
-1784618548.jpg)
-1784618546.jpg)
-1784618545.jpg)
-1784618543.jpg)