सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा निर्माण व्यसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ।
मंगलबार एक सूचना जारी गर्दै अनुगमन कार्यालयले १२ कम्पनीको नाम सार्वजनिक गरेको हो।
अब आठ वटा कम्पनीले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने पनि कार्यालयले जानकारी दिएको छ।
ग्लोबल ट्रेडिङ कन्सर्न प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ।
गाल्वा बिल्डर्स, मसुद निर्माण सेवा, सारस बिल्डर्स प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको हो।
सूचना अनुसार शिवशक्ति इन्फ्रा डेभलपर्स प्रालि, गौरी पारववती कन्स्ट्रक्सन र वाई.पी कन्स्ट्रक्सनलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ।
मनिषा कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिलाई एक वर्षको समय तोकिएको छ।
सुबोध-संजीव जेभी, सुबोध-लवली जेभी र मरवैता कन्स्ट्रक्सन एन्ड कन्सल्टेन्सी प्रालिलाई एक वर्ष ६ महिनाको लागि कालोसूचीमा राखिएको छ।
कार्यालयले कम्पनीसँग सम्बन्धित मुख्य व्यक्तिको नाम समेत सार्वजनिक गरेको छ।
