सुनसरीको कोशी गाउँपालिका–४ स्थित कोशी कटान क्षेत्रका व्यवसायीहरूको पसलमा मंगलबार तोडफोड, आगजनी र लुटपाट भएको छ।
स्थानीय व्यवसायी सोनु साहले दिएको जानकारी अनुसार कटान क्षेत्रका साना होटल, मासु पसल संचालन गरिरहेका व्यवसायीको पसलमा उच्छृङ्खल समूहले तोडफोड, आगजनी र लुटपाट गरेको हो।
स्थानीयका अनुसार सरजुग यादव, अनिल महत्मान, उपेन्द्र मण्डल, सकलदेब यादव, राजकुमार यादव, सदानन्द यादव, रणकुमार श्रेष्ठलगायतका व्यवसायीको पसलमा आगजनी, तोडफोड र लुटपाट भएको छ।
पीडित व्यवसायीहरूले घटनामा संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न माग गरेका छन्।