जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको जिम्मेवारी एसपी पवनकुमार भट्टराईलाई दिइएको छ।
बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत रहेका भट्टराईलाई पर्सा पठाइएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी अबिनारायण काफ्लेले जानकारी दिए।
उनका अनुसार पर्सामा रहेका एसपी सुदिपराज पाठकलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा तानिएको हो।
केही दिनअघि वीरगन्जको नारायणी अस्पतालमा चिकित्सक कुटिएका थिए। पछि एसपी पाठकले चिकित्सकहरूलाई पनि धकेलाधकेल गरेको भिडिओ बाहिरिएको थियो।
उक्त विवादबीच प्रहरी प्रधान कार्यालयले पर्साको एसपी परिवर्तन गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंमा भने एसपी दानबहादुर थापालाई खटाएको छ।