रूकुम पश्चिममा बुवाको हत्या आरोपी छोरा पक्राउ परेका छन्।
सानीभेरी गाउँपालिका –८ फुक्रु हुसिखोलाका २६ वर्षीय पारश घर्तीले बुधबार दिउँसो साढे ३ बजेतिर आफ्नै बुवा ठगेन्द्र घर्तीको टाउकोमा हँसिया प्रहार गरी हत्या गरेका थिए। ठगेन्द्रको घटनास्थलमै मृत्यु भएको थियो।
जिल्लाका प्रवक्ता प्रहरी निरीक्षक झबिन्द्र परियारका अनुसार हत्या आरोपी पारशलाई पक्राउ गरिएको छ।
घटनाबारे थप अनुसन्धान हुने प्रहरीले जनाएको छ।