सिरहाको गोलबजारमा एक जनाको मृत्यु भएको छ।
बिहीबार अपराह्नमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी बासुदेव पाठकले जानकारी दिए।
‘एक जनाको मृत्यु भएको खबर छ। अहिले थप विवरण दिन सकिएन,’ उनले भने।
उनले थप विवरण दिएनन्।
अहिले सिरहाको गोलबजार र लहानमा तनावग्रस्त छ। गोलबजार वडा नम्बर ३ का वडाध्यक्ष धनप्रसाद लामाले गोली लागेर अन्दाजी १९ वर्षीय गणेश यादवको मृत्यु भएको बताए।
अर्का एक युवक पनि घाइते भएको उनले बताए। थप उपचारका लागि ती युवकलाई धरान लगिएको छ।
एक जनाको मृत्यु भएपछि स्थानीय आक्रोशित भई आगजनी समेतमा उत्रिएको वडाध्यक्ष लामाले बताए।
‘गोली लागेर मृत्यु भएपछि थप आक्रोशित भएर आगजनीमा उत्रिएका छन्,’ उनले भने।