बुधबारको बाढीमा परी हराइरहेकाहरूको खोजी कार्य जारी छ।
तीनवटै सुरक्षा निकायबाट ठूलो संख्यामा सुरक्षाकर्मीहरू परिचालन गरी बेपत्ताहरूको खोजीकार्य भइरहेको छ।
बुधबार आएको बाढीमा अझै झन्डै २५ सय जना सम्पर्कविहीन छन्।
तिब्बत क्षेत्रबाट रसुवामा त्रिशूली हुँदै नारायणी नदीसम्म बाढी आएको थियो।
बाढीमा परेकाहरूको शव नवलपरासी पश्चिमसम्म पुगेका छन्।
यसबीच चितवनको गोलाघाटमा आइतबार बिहानदेखि खोजीकार्य सुरू भएको छ।
नेपाली सेनाको गोरख गणबाट खटिएको टोलीले गोलाघाटस्थित त्रिशूली र राप्तीको दोभानमा खोजीकार्य सुरू गरेको छ।
बाढीको सुरूवातकै दिनदेखि उक्त क्षेत्रमा गोरख गणले खोजीकार्य सञ्चालन गरिरहेको छ।
वाटरबोट र ड्रोन समेत प्रयोग गरी खोजी सुरू भएको छ।
'दुई नदीको भंगालो भएका कारण शवहरू यहाँ हुन सक्ने सम्भावना धेरै हुने भएकाले खोजी कार्य गोलाघाटमा तीव्र पारिएको हो,' खोजीमै रहेको राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनका अध्यक्ष एवम् चितवन गोलाघाट पर्यटन विकास समिति अध्यक्ष विशाल कुमालले भने।
बिहानीपख रसुवा क्षेत्रबाट पुनः बाढी बढेको सूचनापछि खोजीकार्य रोकिएको थियो।
बहाब घटेपछि तटीय क्षेत्रमा पुनः खोजीकार्य सुरू गरिएको छ।
तस्बिरहरूः
-1788072266.jpeg)
-1788072266.jpeg)
-1788072265.jpeg)
-1788072265.jpeg)
-1788072265.jpeg)
-1788072265.jpeg)
-1788072265.jpeg)
-1788072266.jpeg)
-1788072266.jpeg)
-1788072266.jpeg)
-1788072265.jpeg)
-1788072266.jpeg)