तिब्बत हुँदै भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीले कृष्णभीरमा पहिरो गएपछि पृथ्वी राजमार्ग अहिले सडक पूर्ण अवरूद्ध छ।
काठमाडौं-मुग्लिन जोड्ने मुख्य सडक भासिएपछि यातायात प्रभावित भएको छ।
मुख्य सडक अवरूद्ध भएपछि वैकल्पिक सडकका रूपमा काठमाडौं-हेटौंडा सडक भएर सवारी साधनहरू आवत-जावत गरिरहेका छन्।
कुलेखानी-सिस्नेरी-फर्पिङ हुँदै काठमाडौं आउने सडकमा अहिले सवारी साधनको चाप बढेको छ।
सडक केही साँघुरो भएकाले पनि ठाउँ-ठाउँमा गाडीहरूको लामो जाम लागेको देखिएको छ।
मुख्य सडक अवरूद्ध भएपछि नेपाल आयल निगमले पनि काठमाडौंमा इन्धनको आपूर्ति गर्न हेटौंडाकै बाटो प्रयोग गर्ने भनेको छ।
पृथ्वीराजमार्ग अवरुद्ध भएपछि काठमाडौंमा पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित नहुने नेपाल आयल निगमले जनाएको छ।
कृष्णभीरको बाटो मर्मतका लागि आइतबार स्थानीय जनप्रतिनिधिहरूले सडक विभाग र निर्माण कम्पनीसहित अवलोकन गरेका थिए।
बाटो कसरी र कहिले बनिसक्छ भन्ने अझै यकिन नभएकाले केही दिन वैकल्पिक बाटोबाट यातायात सञ्चालन हुने सम्भावना छ।
हेर्नुस् काठमाडौं-हेटौंडा जोड्ने सडकमा सवारीको लाम—
-1788146051.jpg)
-1788146051.jpg)
-1788146050.jpg)
-1788146050.jpg)
-1788146050.jpg)
-1788146050.jpg)