प्रधान सेनापति महारथी अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएका छन्।
उनीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वलाधिकृत रथी प्रदीपजङ्ग केसीले स्वागत गरेका थिए।
भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले चिनियाँ रक्षामन्त्री तथा उच्च सैनिक अधिकारीसँग भेटवार्ता गरेका थिए। उनले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (NDU) सहित विभिन्न सैनिक तालिम तथा शिक्षण संस्था र सैनिक एकाइको निरीक्षण गरेका थिए।
यस्तै, उनले बेइजिङमा आयोजित १३ औँ बेइजिङ सियाङसान फोरममा समेत सहभागिता जनाएका थिए।
नेपाली सेनाका अनुसार भ्रमणले नेपाल र चीनबीचको द्विपक्षीय तथा सैनिक सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।