घोप्टेभिरको पहिरो पन्छाइएको छ।
पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा आज बिहान खसेको पहिरो पन्छाएर दिउँसो १ः३० बजेबाट यातायात सुरू भएको हो।
नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार १ः२५ बजेबाट पहिरो व्यवस्थापन गरिएको जानकारी दिए।
मुग्लिन र धादिङ तर्फबाट ६ वडा, लोडर, एक्स्काभेटर, जेसिबी प्रयोग गरी पहिरो व्यवस्थापन गरिएको हो।
उक्त स्थानमा आइतबार पनि सुख्खा पहिरो खसेर दिनको समयमा केही बेर सडक अवरुद्ध भएको थियो।
गए राति १ बजे पुनः खसेको पहिरो पन्छाएर सडक सञ्चालन गरिएको हो।
पहिरो खसेको ठाउँ मुग्लिनबाट तीन किलोमिटर काठमाडौँतर्फ पर्दछ। सडक सञ्चालनमा आएसँगै लाइनमा रहेका सवारीहरु गन्तव्यतर्फ लागेका छन्।