एक अर्ब भन्दा बढी रकमको हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले धरान उपमहानगरपालिका-१३ का ज्योति शाहीलाई पक्राउ गरेको हो।
हुण्डी कारोबार भइरहेको भन्ने सूचना सिआइबीले प्राप्त गरेपछि अनुसन्धान अघि बढाएको थियो। उक्त अनुसन्धानको क्रममा उनले शाही मनी ट्रान्सफरको नामबाट कृषि विकास बैंक, सेन्चुरी कमर्सियल बैंक, ग्लोबल आइएमई बैं लगायतका ५२ वटा खाता खोलेको भेटिएको हो।
ती खाताको प्रयोग गरी एक अर्ब ३ करोड ८४ लाख ७५ हजार ८४५ रपैयाँ बराबरको विभिन्न असम्बन्धित व्यक्तिहरूले विदेशमा आर्जन गरेको रकम अनौपचारिक रूपमा पठाएको खुलेको हो।
सुनसरी जिल्ला अदालतबाट हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसुरमा पक्राउ अनुमति लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको छ।