काठमाडौंको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा आगलागी भएको छ।
आइतबार बिहान ८:५५ बजे आगलागी भएको सूचना प्राप्त भएपछि दमकल र सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणको प्रयास गरिरहेको छ।
आगलागीबाट हालसम्म मानवीय क्षति भएको विवरण प्राप्त नभएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिए।
आगलागी कसरी भयो भन्ने यकिन विवरण खुलिसकेको छैन।