पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाँउपालिका-४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा दुईतर्फी रूपमा सडक अवरुद्ध भएको छ।
आज बिहान करिब १० बजे पहिरो खसेको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो पन्छाउने काम भइरहेको छ।
‘थप पहिरो खसेन भने छिट्टै सडक दुईतर्फी सञ्चालनमा आउँछ,’ उनले भने।