पर्सामा पटका पड्काउने क्रममा छर्रा लागेर एक बालकको मृत्यु भएको छ।
पर्साको पकहामैनपुर गाउँपालिका–२ मा पटका पड्काउने क्रममा स्थानीय रामगुलाम सहनीका ८ वर्षीय छोरा कुन्दन सहनीको मृत्यु भएको हो।
प्रहरीका अनुसार आज बिहान करिब ८ बजे आफ्नै घरअगाडि पटका पड्काउने क्रममा पटकाको छर्रा बालकको छातीको बीच भागमा लागेको थियो। छर्रा लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिएको थियो।
अस्पताल पुर्याइएका बालकलाई चिकित्सकले बिहान ८:४५ बजे मृत घोषणा गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।