छठको आज मुख्य दिन।
आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने भएकाले सिरहाका विभिन्न पोखरी, तलाउ तथा नदी किनारमा बिहानैदेखि चहलपहल बढेको छ।
छठ पर्वका लागि जिल्लाका विभिन्न जलाशय तथा घाटहरूमा सरसफाइ, सजावट र व्यवस्थापनका काम भइरहेका छन्।
सिरहा सदरमुकामस्थित ऐतिहासिक सलहेश पोखरीलाई पनि झिलिमिली बत्ती तथा विभिन्न सजावटका सामग्रीले सिँगार्ने काम भइरहेको छ।
छठ पर्वलाई लक्षित गरी पोखरी परिसरमा व्रतालु तथा श्रद्धालु भक्तजनलाई पूजा गर्न सहज हुने गरी तयारीलाई तीव्रता दिइएको छ।
तस्बिरहरूः







