०८२ भदौ २४ गते कारागारबाट भागेका एक कैदी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-५ घर भएको ३४ वर्षीय भीम बहादुर वाइबा छन्।
प्रहरी प्रभाव कोटेश्वरबाट खटिएको टोलीले उनलाई आइतबार काठमाडौंको जडिबुटीबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ परेका वाइबालाई केन्द्रीय कारागार सुन्धारा पठाइएको छ।
उनी जबरजस्ती करणी मुद्दामा ८ वर्षको सजाय काट्दै थिए। ५ वर्षको कैद भुक्तान गरिरहँदा उनी केन्द्रीय कारागार जगन्नाथ देवलबाट भदौ २४ गते भागेका थिए।