प्रधानमन्त्री वालेन्द्र शाहले भारत भ्रमण जानुअघि नेपाली सेनाबाट सम्मान गारत ‘गार्ड अफ अनर’ नलिने भएका छन्।
आइतबार पौने २ बजे भारतमा राजकीय भ्रमण गर्न लागेका शाहले उक्त अनर नलिने भएका हुन्।
नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजेन्द्र श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गार्ड अफ अनरका लागि तयारी नगरिएको जानकारी दिए।
‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गार्ड अफ अनरका लागि तयारी गरिएको छैन,’ उनले भने।
शाह प्रधानमन्त्री भएयता विदेश भ्रमणमा जाँदा उक्त अनर लिएका छैनन्।
यसअघि संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्यूयोर्क जानुअघि पनि उनले उक्त सम्मान लिएका थिएनन्।
प्रधानमन्त्री शाहलाई बिदाइ गर्न ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ विमानस्थल पुगेका छन्। उनलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।