नेपालका मिक्स मार्शल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँट रोड टू अल्टिमेट फाइटिङ च्याम्पियनशीप (युएफसी) सिजन ५ को सेमिफाइनलमा पुगेका छन्।
बिहीबार मकाउमा भएको ब्यान्टम-वेट श्रेणीमा फिलिपिन्सका किम्बर्ट एलिनटोजनलाई दोस्रो राउन्डमा नकआउट गर्दै सेमिफाइनलमा पुगेका हुन्।
ढाँट बझाङको बाघको नामले परिचित छन्। यसरी युएफसीमा एमएमए खेल्ने ढाँट पहिलो नेपाली खेलाडी हुन्।
यो खेल हेर्न नेपाली दर्शकहरू समेत मकाउको एरेनामा पुगेका थिए।
अब ढाँटले जापानी खेलाडी युनुसुके मिनामी र न्यूजिल्यान्डका कसिब मुर्डोचमध्ये विजेतासँग सेमिफाइनलमा खेल्नेछन्।
यूएफसीसम्म पुग्न एसियाका शीर्ष फाइटरहरुले छनोट प्रतियोगिता बिहीबारदेखि मकाउ प्रतिस्पर्धा गरेका हुन्। यहाँबाट हरेक तौल श्रेणीको विजेताले यूएफसीसँग पूर्ण सम्झौता गर्नेछन्।