जापानको इची-नागोयामा भइरहेको २०औं एसियन गेम्समा भारतले पहिलो स्वर्ण जितेको छ।
भारतले महिला क्रिकेटबाट पहिलो स्वर्ण जित्न सफल भएको हो। मंगलबार भएको फाइनलमा भारतले श्रीलंकामाथि १४७ रनको जित निकालेर स्वर्ण जितेको हो।
पहिले ब्याटिङ गरेको भारतले स्मृति मन्धनाको ७९ रन, शाफाली बर्माको ४८ रन र रिचा घोषको ४९ रनको मद्दतमा ३ विकेटको क्षतिमा २१६ रन बनाएको थियो।
२१७ रनको लक्ष्य पछ्याएको श्रीलंका ६९ रनमै अलआउट भयो। श्रीलंकाका लागि चमरी अथापट्टुले २९ रन बनाउँदा अरु ब्याटर सस्तैमा आउट भए। बलिङमा भारतका दिप्ती शर्माले ३ विकेट लिइन् भने शेफाली, श्रेयंका पाटिल र श्री चारानीले २-२ विकेट लिए।
श्रीलंका भने रजतमा सीमित बन्यो। जारी एसियन गेम्समा श्रीलंकाले भित्र्याएको यो नै पहिलो पदक हो। भारतले १ स्वर्ण, ४ रजत र २ कास्य गरी ७ पदक जितिसकेको छ।