भुटान भ्रमणमा रहेको भुटान–११ विरुद्ध गण्डकी प्रदेश क्रिकेट टोलीले ८ विकेटको सहज जित निकालेको छ।
भुटान–११ ले दिएको ९७ रनको लक्ष्य गण्डकीले ११ ओभरमै २ विकेट गुमाएर पूरा गर्यो।
गण्डकीका लागि ईश्वर क्षेत्रीले २२ बलमा ३४ रन तथा दीपक डुम्रेले १९ बलमा २६ रन बनाए। अर्जुन कुमालले १८ बलमा २२ रनको योगदान दिए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको भुटान–११ ले १९.३ ओभरमा सबै विकेट गुमाएर ९६ रन बनाएको थियो।
उसका लागि सोनाम छोफेल र रञ्जुङ एम. दोर्जीले समान २७ रन तथा नामगे थिन्लेले १६ रन बनाए।
गण्डकीका बलर सुवास भण्डारीले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए। अपराजित पौडेलले ४ ओभरमा १० रन दिँदै ३ विकेट तथा सिब्रिन श्रेष्ठले ४ ओभरमा १३ रन खर्चेर १ विकेट लिए।