नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा स्टार ब्याटर रोहितकुमार पौडेल वैवाहिक जीवनमा बाँधिएका छन्। उनले सिम्रन खड्कासँग विवाह गरेका हुन्।
रोहितले थाइल्यान्ड पुगेर विवाह गरेका हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत विवाहको तस्बिर सार्वजनिक गर्दै जीवनको नयाँ अध्याय सुरु भएको जानकारी दिएका छन्।
विवाहको तस्बिर सार्वजनिक गर्दै रोहितले लेखेका छन्, ‘सपना निर्माण गर्ने यात्राका सहयात्रीबाट जीवनभरका सहयात्रीसम्म। यहाँबाट सधैँका लागि।’
रोहितको उक्त पोस्ट सार्वजनिक भएसँगै उनलाई नेपाली क्रिकेट समर्थक तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिइरहेका छन्।
नेपाली क्रिकेटमा कम उमेरमै स्थापित भएका रोहितले राष्ट्रिय टोलीको कप्तानीसमेत सम्हालिसकेका छन्।
उनको नेतृत्वमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा विभिन्न महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।
