इंग्लिस क्लब वाटफोर्डका कप्तान ट्रोए डिनीले प्रशिक्षण नफर्कने बताएका छन्।
कोरोना भाइरसपछि इंग्लिस क्लबहरू मंगलबारदेखि अभ्यास गर्न लागेको अवस्थामा उनले आफू प्रशिक्षणमा नआउने बताएका हुन्।
उनले आफ्नो परिवारको स्वास्थ्यको मध्यनजर गर्दै डराएको बताएका हुन्।
खेलाडीहरूले मंगलबारदेखि एकअर्कालाई नछोइ प्रशिक्षण गर्न थालेका छन्।
तर कप्तान डिनीले आफ्नो बच्चालाई सास फेर्न गाह्रो हुने भएकाले कोरोनाको संक्रमण घर भित्र भित्र्याउन नचाहेको बताए।
वाटफोर्डले कप्तानको भनाइमा समर्थन जनाएको छ।
गोरा भन्दा काला मानिसलाई कोरोनाको संक्रमण बढी हुनेमा पनि डिनी चिन्तित छन्। इंग्ल्यान्ड र वेल्समा गोरा भन्दा काला मानिसलाई संक्रमणको दोब्बर खतरा हुने तथ्यले देखाएको छ।