इटालियन सिरि 'ए' मा तेस्रो स्थानको इन्टर मिलानले सानदार जित हात पारेको छ। इन्टरले बुधबार राति भएको खेलमा ब्रेस्सियालाई ६-० गोलले पराजित गरेको हो।
इन्टरका लागि ६ फरक खेलाडीले गोल गरेका थिए। खेलको पाँचौ मिनेटमा यस्ले योङले इन्टरका लागि पहिलो गोल गरे। एलेक्सिस सान्चेजले २० मिनेटमा पेनाल्टीमार्फत गोल गरेर अग्रता दोब्बर पारे।
४५ मिनेटमा डि'अम्ब्रोसियोले गोल गर्दा इन्टर पहिलो हाफमा ३-० गोलले अघि रह्यो।
५२ मिनेटमा गाग्लीअर्दिनीले चौथो गोल गर्दा ८३ मिनेटमा इरिक्सनले पाँचौ गोल गर्न सफल भए। कान्ड्रेभाले ८८ मिनेटमा इन्टरका लागि छैटौं गोल गरे।
इन्टर अंक तालिको तेस्रो स्थानमा कायमै छ। उसले २९ खेलबाट ६४ अंक जोडेको छ।
समान खेलबाट ७२ अंक जोडेको युभेन्ट्स शीर्ष स्थानमा छ भने दोस्रो स्थानको लाजियोको ६८ अंक छ।