इटालियन महारथी क्लब युभेन्ट्स कोपा इटालियाको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। बुधबार भएको खेलमा जिनोआलाई ३-२ गोलले पराजित गरेर युभेन्ट्सले अन्तिम आठमा स्थान पक्का गरेको हो।
खेलको दोस्रो मिनेटमा कुलुसेभ्स्कीले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए। २३ मिनेटमा अल्भारो मोराटाले युभेन्ट्सको अग्रता दोब्बर पारे।
२८ मिनेटमा केजबोराले जिनोआका लागि गोल फर्काए।
पहिलो हाफमा २-१ ले पछि परेको जिनोआले ७४ मिनेटमा बराबरी गोल फर्काउन सफल भयो। उसका लागि मेलेगोनीले गोल गरेका थिए।
त्यसपछि निर्धारित समयमा कुनै गोल हुन नसक्दा खेलमा समय थप गरियो। जसमा १०४ मिनेटमा युभेन्ट्सका लागि राफियाले गोल गरे।
सोही गोल निर्णायक बन्दा युभेन्ट्स प्रतियोगिताको अन्तिम आठमा पुग्यो।