फुटबल क्लब बार्सिलोनाका पूर्व अध्यक्ष जोसेप मारिया बार्तामेउ र उनका पूर्व सल्लाहकार जौमे मासेफरलाई गत वर्षको ‘वार्षागेट प्रकरण’ पछि पहिलोपटक न्यायाधीस समक्ष पुर्पक्षका लागि उपस्थित गराएपछि मंगलबार रिहा गरिएको स्पेनको एक अदालतले जनाएको छ।
बार्सिलोना अदालतले एक विज्ञप्ति जारी गरी भनेको छ, “सोमबार पक्राउ परेका यी दुई व्यक्तिले अदालतमा उपस्थित गराइएपछि बोल्न नचाहेको अधिकार प्रयोग गरेका थिए। उनीहरूलाई न्यायाधीशले सशर्त रिहा गरेका हुन्।'
न्यायाधीशले प्रशासन र व्यापारिक भ्रष्टाचारको संदिग्ध अपराधको बारेमा २०२० को मेमा थालिएको अनुसन्धानको एक भागको रूपमा उनीहरूलाई प्रश्न सोध्ने प्रयास गरेको बताइएको छ ।
घटना संलग्न क्लबका अन्य दुई अधिकारी पनि पक्राउ परेका थिए। क्लबका वर्तमान प्रमुख कार्यकारी ओस्कर जिराउ र कानूनी सेवा प्रमुख रोमा गोमेज पोन्तीलाई सोमबार ढिलो रिहा गरिएको थियो।