इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ। आइतबार राति भएको खेलमा म्यानचेस्टरले ब्राइटनमाथि २-१ को जित हात पारेको हो।
खेलमा अग्रता भने ब्राइटनले लियो। खेलको १३ मिनेटमा वेलबेकले गोल गरेर ब्राइटनलाई अग्रता दिलाए।
पहिलो हाफमा १-० गोलले पछि परेको म्यानचेस्टरले दोस्रो हाफमा दुई गोल गर्यो।
म्यानचेस्टरका लागि रास्फोर्डले ६२ र ग्रिनउडले ८३ मिनेटमा गोल गरे।
अंक तालिकामा म्यानचेस्टर ३० खेलबाट ६० अंक जोड्दै दोस्रो स्थानमा छ। शीर्ष स्थानको म्यानचेस्टर सिटीको ३१ खेलबाट ७४ अंक छ।
लिगका अन्य खेलमा एस्टन भिल्लाले फुलहम ३-१ गोल र साउथह्याटम्टनले वर्नलीलाई ३-२ गोलले पराजित गरेका छन्।
टोटेनहम र न्युकासलबीचको खेल भने २-२ को बराबरीमा सकिएको छ।