नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसीले विजयी सुरुवात गरेको छ।
आइतबार साँझ दशरथ रंशगालामा भएको खेलमा बुटवलले पोखरा थन्डर्सलाई २-० गोलले हरायो।
बुटवलका लागि खेलको ४२ मिनेमा अर्मान्डले पहिलो गोल गरेका थिए।
पहिलो हाफमा १-० गोलले अघि रहेको बुटवलले दोस्रो हाफमा आत्मघाती गोलको उपहार पायो।
खेलको ७७ मिनेटमा पोखराका अजित भण्डारीले आफ्नै पोस्टमा बल छिराउँदा बुटवललाई फाइदा पुग्यो।
यसअघि दिनको पहिलो खेलमा विराटनगर सिटी एफसीले धनगढी एफसलाई ३-० गोलले पराजित गर्यो।
एनएसएलमा सोमबार चितवन एफसी र ललितपुर सिटीबीच खेल हुनेछ।
चितवनको यो पहिलो खेल हो भने ललितपुर पहिलो खेलमा काठमाडौंसँग पराजित भएको थियो।