कोपा अमेरिका फुटबल प्रतियोगितका लागि ब्राजिलले राष्ट्रिय टिम घोषणा गरेको छ। ब्राजिलले बिहीबार विहान २४ सदस्यीय टिम घोषणा गरेको हो।
कोपा अमेरिका आगामी शनिबार रातिबाट सुरु हुँदैछ। प्रतियोगितामा साविक विजेता ब्राजिल समूह 'बी' मा छ। यो समूहमा ब्राजिलसहित कोलम्बिया, भेनेजुएला, इक्वेइडर र पेरु छन्।
समूह 'ए' मा अर्जेन्टिना, बोलिभिया, उरुग्वे, चिली र पाराग्वे छन्।
प्रतियोगिताको उद्घाटन खेल आगामी शनिबार मध्यराति २:४५ बजे आयोजक ब्राजिल र भेनेजुएलाबीच खेल हुनेछ।
दुई समूहका चार-चार टिम क्वार्टरफाइनल पुग्ने प्रावधान छ।
ब्राजिलको टिम
गोलकिपर : एलिसन, इडर्सन, वेभेर्टन
डिफेन्डर : थियागो सिल्भा, मार्क्युन्होस, डानिलो, एलेक्स सान्द्रो, इडर मिलिटाओ, रेनन्न लोडी, फिलिपे, इमर्सन
मिडफिल्डर : क्यासेमिरो, लुकास पाक्युटा, फाबिन्हो, फ्रेड, एभर्टन रिबेरियो, डोउग्लास लुइस
फरवार्ड : नेइमार, रोबर्टो फिर्मिनो, गाब्रियल जेसस, रिचार्लीसन, एभर्टन, गाब्रियल बार्बोसा, भिनिसियस जुनियर