रियल म्याड्रिडले हिजो सान्टियागो बर्नाबेउ स्टेडियममा भएको रोमाञ्चक एल क्लासिकोमा बार्सिलोनालाई २-१ को स्कोरले पराजित गर्दै ला लिगामा आफ्नो अग्रता कायम राखेको छ।
यो जितले रियल म्याड्रिडले बार्सिलोनामाथि अंक तालिकामा ५ अंकको अग्रता लिन सफल भएको छ।
खेलको २२औँ मिनेटमा किलियन एम्बाप्पेले पेनाल्टीमार्फत गोल गर्दै रियल म्याड्रिडलाई अग्रता दिलाए।
बार्सिलोनाले ३८औँ मिनेटमा फर्मिन लोपेजको गोलमार्फत खेल बराबरीमा ल्याए।
तर, पहिलो हाफको ४३औँ मिनेटमा जुड बेलिङ्घमले गोल गर्दै रियल म्याड्रिडलाई पुनः अग्रता दिलाए।
जितपछि रियलको १० खेलबाट २७ अङ्क भएको छ। बार्सिलोनाको २२ अङ्क छ।