नेपाल र बंगलादेशबीच आज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुँदैछ। खेल बंगलादेशको राजधानी ढाकामा राति ७:४५ बजे हुनेछ।
नेपालले एएफसी एसियन कपको खेलअघि बंगलादेशसँग खेल्न लागेको हो। नेपाल र बंगलादेशबीच दुई महिनाबीचमा प्रतिस्पर्धा हुन लागेको हो।
यसअघि गत भदौमा नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा गरेका थिए। दशरथ रंगशालामा भएको उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो। तीन दिनपछि दुई टोलीबीच दोस्रो खेल हुने तय भएको भए पनि जेनजी आन्दोलनका कारण रद्द भएको थियो।
सन् १९८२ देखि अन्तर्राष्ट्रिय फुटबलमा प्रतिस्पर्धा गर्न थालेका नेपाल र बंगलादेशबीच अहिलेसम्म २९ खेल भएका छन्। जसमा नेपाल ९ खेलमा मात्र विजयी भएको छ भने बंगलादेशले १४ खेलमा जित निकालेको छ। ६ खेल बराबरीमा सकिएका छन्।
नेपालले बंगलादेशसँग आज खेलपछि मलेसियासँग त्यसतर्फ जानेछ। नेपालले एएफसी एसियन कप छनोटअन्तर्गत मलेसियासँग मंसिर २ मा आफ्नो पाँचौ खेल खेल्न लागेको हो।
मलेसियाविरूद्धको उक्त खेल घरेलु मैदानमा खेल्नु पर्ने भए पनि दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता नपाउँदा उक्त खेल मलेसियमै खेल्नु पर्ने बाध्यता छ।
एसियन कप छनोटका यसअघिका चार खेलमा नेपालले रसको प्रशिक्षणमा खेल्दा चार खेल्दा सबै खेलमा पराजय भोगेको थियो।
मलेसिया र लाओससँग एक एक खेल भियतनामसँग दुवै खेलमा पराजित भएसँगै नेपाल छनोटबाट बाहिरिसकेको छ।