सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मंगलबारको पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सविरूद्ध चितवन राइनोजले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा जनकपुरले आज पराजय भोगे औपचारिक रुपमा बाहिरिनेछ। गणीतिय रुपमा सम्भावना बाँकी राख्न आज उनलाई जितको खाँचो छ। जनकपुरले यसअघि खेलेका पाँचै खेलमा पराजय भोगेको थियो।
यता चार खेलबाट चर अंक जोडेको चितवनका लागि आज प्लेअफमा पुग्न जित निकाल्नु पर्ने दबाब छ।
खेलका लागि चितवनले रिजन ढकाल र दीपक बोहारको स्थानमा सौगात ढकाल र अमरसिंह रौटेललाई खेलाएको छ।
जनकपुरको अनिलकुमार साह फर्किएका छन्। यस्तै सचिन भट्टले टोलीमा स्थान बनाएका छन्। आज ललित राजवंशी र किशोर महतो टोलीमा छैनन्।
चितवन प्लेइङ ११
कुशल मल्ल (कप्तान), रञ्जित कुमार, देव खनाल, अर्जुन साउद, अमरसिंह रौटेला, कमलसिंह ऐरी, सौगात ढकाल, डाविड मलान, रवि बोपारा, सैफ जैब, सोहइल तन्वीर
जनकपुर प्लेइङ ११
आशिफ शेख, अनिलकुमार साह, शुभ कंशाकार, सचिन भट्ट, मयन यादव, आदित्य महता, रुपेश सिंह, वायने पार्नेल (कप्तान), माज सदक्वद, जन निकोल लफ्टी इटन, सञ्जय कृष्णमुर्थि

