सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा बलले लागेर एक जना 'चियर लिडर' घाइते भएकी छन्।
चितवन राइनोज र जनकपुर बोल्ट्सबीच भइरहेको खेलको क्रममा बलले लागेर एक जना चियर लिडर घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
उनका अनुसार कुशल मल्लले ब्याटिङको क्रममा छक्का प्रहार गर्दा चियर लिडर महिलाको घाँटीमा लागेको हो।
उनको उपचारको लागि अस्पतालतर्फ लगिएको छ।