नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार हुने खेलमा लुम्बिनी लायन्सले काठमाडौं गोर्खाजविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।
त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेलका लागि दुवै टोलीले प्लेइङ ११ मा परिवर्तन गरेका छन्।
लुम्बिनीले अघिल्लो खेलको टोलीबाट दुई खेलाडी परिवर्तन गरेको छ। किशोर महतोको स्थानमा अभिषेक गौतम तथा समीम हुसैनको स्थानमा ग्रान्ट स्टेवार्टले मौका पाएका छन्।
यता काठमाडौंले भने एक खेलाडी परिवर्तन गरेको छ। देव शाहको स्थानमा आदिल अन्सारी टोलीमा फर्किएका छन्।
अंक तालिकामा लुम्बिनी बलियो अवस्थामा छ। चार खेलबाट ७ अंक जोडेको लुम्बिनी शीर्ष स्थानमा रहेको छ। तीन खेल खेलेको काठमाडौं ४ अंकसहित चौथो स्थानमा छ।
शीर्ष स्थानमा रहेको लुम्बिनी आफ्नो अग्रता थप मजबुत बनाउने लक्ष्यमा हुनेछ भने काठमाडौं जित निकाल्दै अंक तालिकामा सुधार गर्ने योजनामा मैदान उत्रनेछ।
लुम्बिनी लायन्सको प्लेइङ ११
रोहितकुमार पौडेल (कप्तान), सन्दीप जोरा, तिलकराज भण्डारी, अभिषेक गौतम, आशिफ शेख, दिलिप नाथ, शेर मल्ल, रुबेन ट्रम्पलमेन, निरोसन डिक्वेला, डार्सी सर्ट र ग्रान्ट स्टेवार्ट।
काठमाडौं गोर्खाजको प्लेइङ ११
करण केसी (कप्तान), भीम सार्की, रसिद खान, साहिल पटेल, शहाब आलम, सन्तोष यादव, स्मित पटेल, जहानदाद खान, विल बोसिस्टो, शेहान अराचिगे र डेभिड वार्नर।