नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमाडौं गोर्खाजले सुदूरपश्चिम रोयल्यसविरूद्ध टस जितेर पहिले बलिङ गर्ने भएको छ।
आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण छ। यस खेलमा जित निकाल्ने टोली सिधै प्लेअफमा प्रवेश गर्नेछ।
सुदूरपश्चिमले खेलका लागि टोलीमा दुई परिवर्तन गरेको छ। अभिनाश बोहराको स्थानमा दीपक बोहराले मौका पाएका छन्।
यस्तै, सइफ जइबको स्थानमा फाबियन एलन प्लेइङ-११ मा फर्किएका छन्।
काठमान्डु गोर्खाजले पनि दुई खेलाडी परिवर्तन गरेको छ। अस्ट्रेलिया फर्किसकेका डेभिड वार्नर र विलियम बोसिस्टोको स्थानमा श्रीलंकाका दुसान हेमन्था र अस्ट्रेलियाका साम हिजलेटले प्लेइङ-११ मा स्थान बनाएका छन्।