२०औं एसियन गेम्स इची-नागोयामा नेपालको सफ्ट टेनिस टिमले खराब प्रदर्शन गरेको छ। शुक्रबार नेपालको पुरुष टिमले दक्षिण कोरिया र इन्डोनेसियासँग ३-० को हार ब्यहोरेको हो।
नेपाली टिममा प्रदीप खत्री, कमलबहादुर भण्डारी र ब्रिजेश पाण्डे थिए।
नेपालले खासै अपेक्षा नगरेको सफ्ट टेनिस टिममा ५ खेलाडीसम्म आश्वयक पर्ने भए पनि नेपालले ३ खेलाडीलाई मात्र पठाएको थियो।
जसको टिम इभेन्टमा नेपालका तीनै खेलाडीमाथि विपक्षी खेलाडीले सजिलै जित निकाल्न सफल हुँदा नेपालको टिम इभेन्ट चुनौती समाप्त भयो।
अब नेपालले सफ्ट टेनिसमा एकल र मिक्स इभेन्टमा प्रतिस्पर्धा गर्न बाँकी छ।